पिताम्बरले मनायो ५१ दिन


गत चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्म पिताम्बरले हालै प्रदर्शनको ५१ दिन मनाएको छ।
फिल्मले राजधानीका रञ्जना सिनेप्लेक्स, विश्वज्योति, बिएसआर र बिग मुभिजमा ५१ दिन मनाएको हो। निर्माण पक्षले एक कार्यक्रम आयोजना गर्दै पिताम्बर २ निर्माणको घोषणा समेत गरेको छ। सो अवसरमा कलाकार र प्राविधिकलाई सम्मान गरेको छ।

कार्यक्रममा निर्देशक कृषा चौलागाईंले सबैको साथ र सहयोगले फिल्मले ५१औँ दिन पार गर्न सम्भव भएको चर्चा गर्दै अबको फिल्ममा कमीकमजोरीलाई सच्याउँदै झन् राम्रो फिल्म दर्शकलाई दिने बताइन्।

फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतका कलाकारले अभिनय गरेका छन्।