सौगातको कल्ली फागुनमा


लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माणाधीन फिल्म कल्ली फस्टलुक सार्वजनिक गर्दै फागुनको १ गते रिलिजमा आउने घोषणा गरिएको छ।सार्वजनिक दुई पोस्टरमध्ये एकमा नायक सौगात मल्ल बाघसँग रिसाहा अवतारमा देखिएका छन्। उनको हातमा रहेको भालामा रगत देखिन्छ।

अर्को पोस्टरमा सौगातको साथमा बेनिशा हमाल, उत्तम प्रधान, नाजिर हुसेन, अर्पण थापा र सुलक्षण भारतीलाई प्रस्तुत गर्दै पात्रहरूको चरित्र चित्रण गरिएको छ।महेश दवाडीको लेखन तथा लक्ष्मण सुनारको कथा र निर्देशनमा निर्माणाधीन फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, संजोग राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, श्याम मगर, उपेश ढकाल, मञ्जिला बानियाँ, बालकलाकार समर्पण खतिवडालगायतले अभिनय गरेका छन्।

मानिसको मनमा लोभ पलाएपछि उसको जिन्दगी कहाँबाट कहाँपुग्छ र कस्तो परिस्थिति भोग्छ भन्ने कथामा बनेको फिल्ममा आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत, एनवी महर्जनको एक्सन, निसाल पौडेलको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।