स्टार वान इन्टर टेनमेन्ट प्रालिको आयोजनामा फेसन, मोडलिङ र संगीतका विभिन्न २७ विधामा राजधानीमा पा“चौ नेपाल म्युजिक एन्ड फेसन अवार्ड सम्पन्न गरिएको छ ।पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा ख्यातिप्राप्त गायिका मिरा राणालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने घोषणा गरिए पनि उनी पतिको स्वास्थ्य समस्याका कारण कार्यक्रममा सहभागी हुन सकिनन्।
कार्यक्रममा संगीतकार दीपक शर्मालाई दशकको संगीत सम्मान, फोटो पत्रकार कुबेर डंगोललाई फोटो पत्रकार सम्मान, बद्री थापालाई फोटो पत्रकार अफ द इयर, फिल्म निर्माता रौनकविक्रम क“डेललाई फिल्मकर्मी सम्मान, बाट, डेविड शंकरलाई गायन सम्मान, प्रदीपकुमार रसाइलीलाई नृत्य सम्मान तथा नवराज पाण्डे र कपुर साउदलाई युवा उद्यमी सम्मानबाट सम्मानित गरियो । सञ्चारकर्मी विष्णु सुवेदीद्वारा सञ्चालित कार्यक्रममा फेसन र मोडलिङ क्षेत्रतर्फ पटुकी फेसनकी सञ्जिता बराललाई फेसन डिजाइनर अफ द इयर, काजल क्रियसनकी काजल शर्मालाई फेसन डिजाइन जुरी अवार्ड, दिक्पाल कार्कीलाई वर्षको फेसन मोडल, अश्विनीकान्त झालाई वर्षको फेसन कोरियोग्राफर, निशुकान्त झालाई वर्षको बेस्ट पेजेन्ट डाइरेक्टर, टेकराज पाण्डेलाई वर्षको फेसन मेकअप आर्टिस्ट, सम्राटप्रसाद शाहलाई वर्षको इभेन्ट म्यानेजर र सन्दीप भुजेललाई वर्षको पेजेन्ट डान्स कोरियोग्राफरको अवार्ड प्रदान गरियो ।
बालकृष्ण पोखरेलको निर्देशन र सरिता भारतीको संयोजनमा सम्पन्न कार्यक्रममा संगीत १९ विधामा अवार्ड प्रदान गरियो। आधुनिक संगीततर्फ ओम सुनारलाई उत्कृष्ट गायक, स्वाती भट्टलाई गायिका, हंसराज जोशीलाई गीतकार, दिलीप ओखेडालाई कोरियो ग्राफर, मल्लिका राजोपाध्यायलाई म्युजिक भिडियो मोडल, शिला गजुरेललाई जुरी अवार्ड, मनीषा श्रेष्ठ (कमला) लाई म्युजिक भिडियो मेकअप र केशव कोइरालालाई स्टेज कोरियोग्राफी, शान्ति कुमारी शाहीलाई लोक गायिका र आयुमी तामाङलाई लोक गायन जुरी अवार्ड, लोक दोहोरी विधामा डब्बु क्षेत्रीलाई गीत रचना, चन्द्र शर्मालाई गायक, नम्रता खरेल गायिका, पल शाह र जुना कार्कीलाई मोडल र रबिता मगर म्युजिक भिडियो कोरियोग्राफर, फिल्म संगीततर्पm विकास विष्टलाई गीतकार र हर्कुलस बस्नेतलाई संगीतकार, भाषाभाषी संगीततर्फ राजकुमार मानन्धरलाई नेपाल भाषामा गायन र सुरजवीर बज्राचार्यलाई नेपाल भाषाको गीत रचनाको अवार्ड दिइयो ।कार्यक्रममा गायक डेविड शंकर, ओम सुनार र रमेश पाठकले गीत संगीत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया