रोयल च्यालेन्जर्सलाई ट्रफी चुम्ने अवसर


काठमाडौं।

यसपटकको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरको सामना मुम्बई इन्डियन्स वा पन्जाब किंग्समध्ये एक टोलीसँग हुने तय छ । रोयल च्यालेन्जर्सले पहिलो क्वालिफायरमा पन्जाब किंग्सलाई हराएर फाइनलको यात्रा सुनिश्चित गरेको हो । योसँगैं रोयल च्यालेन्जर्स आईपीएलको इतिहासमा दोस्रो पटक फाइनल पुगेको छ ।

रोयल च्यालेन्जर्सले अहिलेसम्म आईपीएलको ट्रफी चुम्न सकेको छैन । आईपीएल सन् २००८ देखि शुरु भएको हो । अहिले सन् २०२५ सम्म आइपुग्दा १८ औं संस्करणमा प्रतियोगिता पुगिसकेको छ । तर, रोयल च्यालेन्जर्सले उपाधि जित्न सकेको छैन । पछिल्लो पटक २०१६ मा फाइनलमा पुगेपनि रोयल च्यालेन्जर्स सनराइजर्स हैदराबादसँग पराजित हुनु परेको थियो । त्यसयता फेरि यो टोली फाइनल पुगेको छ । यो टोलीको चौथो फाइनल हो ।

रोयल च्यालेन्जर्सको लागि यो उपाधि जित्ने मौका पनि हो । भारतका चर्चिच क्रिकेटर विराट कोहली यस टोलीका मुख्य खेलाडीसमेत हुन् । उनको उपस्थितमा पनि टोलीले खासै उपलब्धि हासिल गर्न सकेको छैन । अहिले रोयल च्यालेन्जर्सले शुरुदेखि नै राम्रो खेल्दै फाइनलको यात्रा तय गरेको छ । भारतीय पूर्व क्रिकेटरहरूले यसपटक त विराटले आईपीएलमा उपाधि जित्नेछन् भनेर अनुमान लगाइरहेका छन् ।

यस सिजनमा रोयल च्यालेन्जर्सले १४ खेल खेलेकोमा जम्मा ४ खेलमा मात्रै हार बेहोरेको छ । विश्लेषकहरूले यो प्रदर्शनमा रोयल च्यालेन्जर्सले उपाधि जित्न सक्ने अनुमान लगाएका हुन् । अर्को दरो प्रमाण के दिएको छ भने सन् २०१८ देखि २०२४ सम्मको संस्करणमा क्वालिफायर एक जित्नेले उपाधि जितेको छ । त्यो अवधिमा चेन्नाई सुपर किंग्स, मुम्बई इन्डियन्स, गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सले क्वालिफायर एक जितेर फाइनल पनि जितेका हुन् ।

रोयल च्यालेन्जर्स बैंगलोरको फाइनल

२००९ डेक्कन चार्जर्ससँग पराजित

२०११ चेन्नाई सुपर किंग्ससँग पराजित

२०१६ सनराइजर्स हैदराबादसँग पराजित