विश्व फेसनको महाकुम्भ मानिने मेट गाला २०२५ हालै अमेरिकाको न्यूयोर्क शहरस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा सम्पन्न भएको छ।
सुपरफाइन टेलरिङ ब्ल्याक स्टाइल थिममा केन्द्रित हुँदै ब्ल्याक ड्यान्डिजम तथा पुरुष पोशाकको सांस्कृतिक र ऐतिहासिक महत्वलाई उजागर गरिएको कार्यक्रमको थिम आगामी २६ अक्टोबरसम्म चल्नेछ।
यो प्रदर्शनीले ब्ल्याक ड्यान्डिजमको ऐतिहासिक र सांस्कृतिक पक्षलाई उजागर गर्दै पुरुष पोशाकको विकास र यसको सामाजिक प्रभावलाई प्रस्तुत गर्दछ। रिहाना, कोलमेन डोमिन्गो, रेजे–जीन पेज, ड्याम्सन इड्रिस, ज्यानल मोने, रियाना, जेनडाया, किम कार्डसियन र गिगी हदीदजस्ता सेलिब्रेटीको सहभागिताले गाला कार्यक्रमलाई अझ आकर्षक बनायो। टेलरड फर यु ड्रेस कोड अपनाइएको समारोहमा अतिथिहरूलाई व्यक्तिगत शैली र ब्ल्याक ड्यान्डिजमको प्रभावमा आधारित पोशाक चयन गर्न प्रेरित गरिएको थियो।

यस पटक नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनमा पपस्टार साकिरादेखि बलिउड गायक तथा अभिनेता दिलजीत दोसांझसम्म मेट गालामा प्रस्तुत भएका थिए। गायिका साकिरा गुलाबी रंगको फ्रकमा सजिएकी थिइन्। भारतीय गायक तथा अभिनेता दिलजीत दोसांझले प्रबलको डिजाइनमा मेटगालामा डेब्यु गरे। नाइजेरियाली लेखिका चिमामान्डा न्गोजी रातो रंगको सुन्दर गाउनमा प्रस्तुत भइन्। अमेरिकी गायिका निकोल सेरजिङरले गुरुङले डिजाइन गरेको गाउन लगाएकी थिइन। जसमा चम्किलो पिनस्ट्राइप र ठूलो कालो केप थियो।
कार्यक्रममा चर्चित गायिका रिहाना आफ्नो तेस्रो गर्भावस्थाको घोषणा गर्दै मार्क जेकब्सको सुट ड्रेसमा उपस्थित भइन् भने डायना रोस चाँदीको केपमा आफ्ना पुर्खाका नामहरू एम्ब्रायड गरिएको पोशाकमा प्रस्तुत भएकी थिइन्। मेट गालालाई कस्ट्युम इन्स्टिच्युट बेनिफिट पनि भनिन्छ। जुन मेट्रोपोलिटन म्युजियम अफ आर्टको वार्षिक चन्दा संकलन कार्यक्रम हो। यस वर्षको गाला कार्यक्रमले ब्ल्याक ड्यान्डिजमको सांस्कृतिक र ऐतिहासिक महत्वलाई उजागर गर्दै फेसन र कला बीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ।
मेट गाला २०२५ ले फेसन र सांस्कृतिक पहिचानको संगमलाई प्रस्तुत गर्दै ब्ल्याक समुदायको सांस्कृतिक धरोहर र पुरुष पोशाकको महत्वलाई सम्मानित ग¥यो। गालाको टिकट मूल्य ४७५,००० डलर (लगभग रु ६२ लाख) रहेको थियो, भने १० सिटको टेबलको नेपाली मूल्य लगभग २ दशमलव ९ करोड रहेको थियो। यस वर्षको गाला कार्यक्रमले ४ सय २६ मिलियन भन्दा बढी चन्दा संकलन गर्ने लक्ष्य राखेको थियो, जुन २०२४ को रेकर्डलाई पार गर्ने उद्देश्य थियो।

समरोहको टिकट मूल्य र टेबल बुकिङको प्रक्रिया अत्यन्तै विशिष्ट र सीमित अतिथिका लागि मात्र खुला गरिन्छ। सामान्य जनताका लागि यो समारोह सिधै पहुँचयोग्य छैन। यो कार्यक्रममा सेलिब्रेटीका लागि पनि सहभागिताको लागि विशेष निमन्त्रणाको आवश्यकता पर्दछ। यस वर्ष मेट गालामा बलिउड अभिनेता शाहरुख खानले डेब्यु गरेका थिए।
समारोहमा फोन र सेल्फी फोटो खिच्न प्रतिबन्ध लगाइएको थियो। समारोहमा श्वास नगनाओस् र नराम्रो तस्विर नआओस् भन्ने उद्देश्यले मेट गाला डिनर मेनुबाट केही खाद्य पदार्थ प्रतिबन्धित गरिएको थियो। मेनुमा लसुन, प्याज हटाइएको थियो भने सेलिब्रेटीको लुगा नबिग्रियोस् भनेर ब्रुसेटाजस्ता परिकार पनि हटाइएको थियो भने धूम्रपान निषेध गरिएको थियो।
प्रतिक्रिया