विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटी


संयुक्त राष्ट्र संघको अनुसार विश्वको जनसंख्या स्थिर गतिमा बढ्दै जानेछ र २०५० सम्ममा अनुमानित ९.७ अर्ब पुग्नेछ । यद्यपि, धेरै देशहरू घट्दो जनसंख्याको बारेमा चिन्तित छन् । यस्तो अवस्थामा, विश्वका शीर्ष १० कम जनसंख्या भएका देशहरूको बारेमा जान्नुहोस् ।

भ्याटिकन सिटी

भ्याटिकन सिटी इटालीको राजधानी रोमको बीचमा अवस्थित शहर हो । भ्याटिकन सिटी संसारको सबैभन्दा सानो देश पनि हो । यसको जनसंख्या ७६४ छ । यसलाई पोपको घरको रूपमा पनि चिनिन्छ र यो प्रतिष्ठित कला र वास्तुकलाको खजानासमेत हो ।

निउए

निउए प्रशान्त महासागरको दक्षिणी भागमा अवस्थित एक टापु राष्ट्र हो । यो भौगोलिक र सांस्कृतिक रूपमा पोलिनेसिया क्षेत्रको भाग हो । यो राष्ट्रको कुल जनसंख्या केवल १,६८१ छ ।

टोकेलाउ

टोकेलाउ दक्षिण प्रशान्त महासागरमा रहेको न्यूजील्याण्डको एक आश्रित क्षेत्र हो । यसमा तीन उष्णकटिबंधीय कोरल टापुहरू छन् जुन अटाफु, नुकुनोनु र फाकाओफो हुन् । फेब्रुअरी २३, २०२५ सम्म, टोकेलाउको जनसंख्या २,५७१ रहेको जनाएको छ ।

फकल्याण्ड टापुहरू
फकल्याण्ड टापुहरू अर्जेन्टिनाको तटबाट दक्षिण एट्लान्टिक महासागरमा अवस्थित एक द्वीपसमूह हो । पूर्वमा शाग रक्स र दक्षिणमा ब्रिटिश अन्टार्कटिक क्षेत्र छन् । फकल्याण्ड टापुहरूको जनसंख्या ३,६६२ छ ।

मोन्टसेराट
मोन्टसेराट एक ब्रिटिश प्रवासी क्षेत्र हो । यो एक पहाडी क्यारिबियन टापु हो जुन लेस एन्टिलीज शृंखलाको भाग हो । फेब्रुअरी २३, २०२५ सम्म मोन्टसेराटको जनसंख्या ४,३६९ थियो । यो २०२३ को सुरुवातको तुलनामा ०.२% ले कमी हो ।

सेन्ट पियरे र मिकेलोन

सेन्ट पियरे र मिकेलोन उत्तरी एट्लान्टिक महासागरमा अवस्थित फ्रान्सको स्वामित्वमा रहेका टापुहरूको समूह हो । यो क्यानडाको न्यु फाउन्डल्याण्ड र ल्याब्राडोरको दक्षिणमा अवस्थित छ । फेब्रुअरी २३, २०२५ सम्म, सेन्ट पियरे र मिकेलनको जनसंख्या ५,५९३ थियो । यसले विश्वको जनसंख्याको ०.००००७% प्रतिनिधित्व गर्दछ ।

सेन्ट बार्थेलेमी

सेन्ट बार्थेलेमी क्यारिबियनमा रहेको फ्रान्सेली भाषी देश हो । यो देश यसको सुन्दर समुद्र तटहरूको लागि विश्वमा प्रसिद्ध छ । २० फेब्रुअरी २०२५ सम्म, सेन्ट बार्थेलेमीको जनसंख्या ११,३५७ थियो । यसले विश्वको जनसंख्याको ०.०००१४% प्रतिनिधित्व गर्दछ ।

वालिस र फ्युचूना

वालिस र फ्युचूना दक्षिण प्रशान्त महासागरमा अवस्थित फ्रान्सेली स्वामित्वमा रहेको टापु देश हो । संयुक्त राष्ट्र संघको अनुसार, ३१ जनवरी २०२५ सम्म, वालिस र फयुचूनाको जनसंख्या ११,२२८ थियो । यसले विश्वको जनसंख्याको लगभग ०.०००१४% प्रतिनिधित्व गर्दछ ।

तुवालु

दक्षिण प्रशान्त महासागरमा रहेको तुवालु ब्रिटिश कमनवेल्थ भित्रको एक स्वतन्त्र टापु राष्ट्र हो । यसका ९ वटा टापुहरूमा साना, कम जनसंख्या भएको एटोल र ताडका रूखहरूले घेरिएका समुद्र तटहरू र दोस्रो विश्वयुद्ध स्थलहरू भएका चट्टान टापुहरू समावेश छन् । तुवालुको जनसंख्या ९,८१६ छ ।

नाउरू

नाउरू वा नौरू माइक्रोनेसियाली दक्षिण प्रशान्त महासागरमा अवस्थित एक टापु राष्ट्र हो । यसको नजिकको छिमेकी बानावा टापु हो, जुन किरिबाती गणतन्त्रको भाग हो । नाउरु संसारको सबैभन्दा सानो टापु राष्ट्र हो, जसको क्षेत्रफल केवल २१ वर्ग किलोमिटर छ। नाउरुको जनसंख्या ११,८७५ छ ।
स्रोतः एजेन्सी