काठमाडौँ।
‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा पाण्डे विजेता घोषित भएका हुन् । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे प्रशेषले टीम खेम सेन्चुरीको समूहबाट प्रतिनिधित्वगरेका थिए।
यस्तै कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।
विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया