सञ्चारमन्त्रीले भने- बुधबारसम्म शिक्षकका माग सम्बोधन हुन्छन्


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुने बताएका छन् ।सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले आज शिक्षा मन्त्रीले शिक्षक महासंघसँग वार्ता गर्नु भएको र त्यसलाई भोली वा पर्सी भित्र सहमतिमा पुर्याउने विश्वास व्यक्त गरे ।

उनले भने- ‘मन्त्रीज्यूले वार्ता गर्नुभएको छ केही कुरा निष्कर्षमा पुगेको जस्तो लाग्छ मलाई । भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ ।’