काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघसंग सरकारले तत्काल पूरा गर्नुपर्ने माग प्रस्तावको रुपमा पेस गर्न आग्रह गरेपछि ९ बुँदे पठाएको छ । सम्भवतः भोली सोमबार बस्ने मन्त्रीपरिषदको बैठकअघि मन्त्रालयले ९ बुँदे निर्णय मन्त्री परिषदमा पेस गर्न लागेको हो ।
मन्त्रीपरिषदले महासंघले राखेको प्रस्ताव स्वीकार गरी निर्णय गरे आन्दोलन फिर्ता हुने सम्भावना रहेको छ । उच्चस्रोतका अनुसार महासंघको हिजो बसेको बैठकले ९ बुँदे प्रस्ताव तयार गरेको थियो । सोही आधारमा प्रस्ताव मन्त्रालयले मन्त्रीपरिषदको कार्यालयमा पठाउने भएको छ ।
नवनियुक्त मन्त्री रघुजी पन्तसँग पहिलो चरणको वार्तापछि महासंघले प्रस्ताव तयार गरेको हो । बैठकपछि मन्त्रालयले क्याबिनेटमा पठाउनेगरी केही प्रस्ताव तयार गर्न आग्रह गरेको थियो । सोही आधारमा ९ बुँदे प्रस्ताव पेस गरेको हो ।
महासंघको बैठकको निर्णय अनुसार मन्त्रालयमा पेस प्रस्तावित बुँदाहरु:

प्रतिक्रिया