कक्षा १२ को परीक्षा बिहान घोषणा, फेरि स्थगित हुनसक्ने! 

रापबोर्डको निर्णय १२ घण्टा पनि नटिक्ने सम्भावना

94k
Shares

 – बोर्डका अध्यक्ष दिनभर सिंहदरबारमा  

-दिउँसो गृह र मुख्यसचिव , अहिले प्रम कार्यालयमा

काठमाडौ ।

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा सही सल्लाह नदिएपछि अलमलिएको राष्ट्रिय परीक्षा बोर्ड सिंहदरबारमा रुमलिएको छ ।

 आज बिहान बोर्डको बैठकले ११ गतेबाट सञ्चालन हुने परीक्षा स्थगित गरी १६ गतेबाट गर्ने तयारी गरेको थियो । त्यसबेला बोर्डका उपाध्यक्ष एवं शिक्षा सचिव दीपक काफ्लेले विकल्प दिन नसकेपछि बोर्डले तोकेकै समयमा परीक्षा गर्नुपर्छ भन्दै हचुवामा बोर्डमाथि आक्रोस पोखेका थिए ।

 सोही आधारमा प्रधानमन्त्री कार्यालयबाट १२ गतेबाटै परीक्षा लिन निर्देशन भएको थियो । सोही आधारमा बोर्डले १२ गतेबाटै परीक्षा गर्ने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयले प्रधानमन्त्री सचिवालय र बोर्डलाई उचित सल्लाह नदिएको कारण परीक्षाको विषयमा अन्योल कायम भएको थियो । मन्त्रालय बोर्डप्ति कहिल्यैपनि सकारात्मक हुन सकेन । मन्त्री बाहेक सचिवले बोर्डलाई सही सुझाब दिने गरेका छैनन ।

 सचिव दीपक काफ्लेले पनि त्यस्तै व्यवहार देखाएको कारण प्रधानमन्त्री कार्यालयले सामान्य धोखा खाएको छ । उच्च स्रोतका अनुसार सचिवले परीक्षा स्थगित गर्ने कि सञ्चालन गर्ने ? भन्ने विषयमा कुनै सुझाुब दिएनन् । अन्तिममा बोर्डका पदाधिकारीलाई विकल्प नदिएको भन्दै रिस पोखे ।

 मन्त्रालयकै कारण बोर्डको बैठकमा सर्ने अवस्था आएको परीक्षा गर्ने निर्णय भयो । बोर्ड प्रदेश कार्यालयले दिनभर केन्द्राध्यक्षलाई टेलिफोन गरे । सामुदायिक विद्यालयका कसैलेपनि सकारात्मक जवाफ दिएनन्  । अहिले फेरी परीक्षा स्थगित गर्ने अवस्था आएको छ । उच्च स्रोतका अनुसार बोर्डका अध्यक्ष महाश्रम शर्मा मंगलबार दिनभर सिंहदरबारमा रुमलिरहेका  थिए ।

 दिउँसो गृह मन्त्रालयमा पुगे । त्यसपछि मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरे । अहिले प्रधानमन्त्री केपी ओलीसँग भेटगर्ने तयारीमा छन्  । प्रमलाई भेट नभए प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीसंग छलफल गर्नेछन् । सम्भवतः साझसम्ममा अपिल जारी गरी परीक्षा स्थगित भएको सूचना जारी हुनेछ ।