कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्ड बैठक बस्दै


काठमाडाैं ।

कक्षा १२ को परीक्षाबारे निर्णय लिन मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ।

शिक्षकहरूको जारी आन्दोलनले शिक्षाको वातावरण प्रभावित भइरहेका बेला बोर्डले परीक्षा सञ्चालन गर्ने वा नगर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेकाे हाे । वैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा तय गरिएको छ। बोर्डका एक सदस्यका अनुसार बैठक अहिले बिहान ८ बजे बस्दैछ।

यसअघि भएका सहमतिहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षमा सहभागी नहुने निर्णय नै गरेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।