काठमाडाैं ।
ख्यातिप्राप्त अभिनेता राजेश हमालले ८ वर्ष लामो अन्तरालपश्चात् अभिनय गरेको फिल्म नरसिंहा: अवतारको माग विदेशमा उच्च रूपमा बढेको छ।
फिल्मको जापान अधिकार बिक्री भएको छ। फिल्मको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो। फिल्मको फस्टलुक सार्वजनिक भएसँगै विदेशका अधिकांश ठाउँबाट कुरा आएको र केही दिनमै अधिकांश देशमा विक्री भइसक्ने फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराइले दाबी गरे।
राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाहीलगायतका कलाकारले अभिनय गरेका फिल्म दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनले निर्माण गरेका हुन्। फिल्म आगामी जेठ ९ गते रिलिजमा आउनेछ।
प्रतिक्रिया