ललितपुर ।
पूर्व मन्त्री बुद्धिराज बज्राचार्यले ललितपुरस्थित आदर्श कन्या निकेतन मा.वि.को प्राङ्गणमा आयोजित एक कार्यक्रमबिच सो विद्यालयका पूर्व प्रधानाध्यापक नन्द गोविन्द राजकर्णिकारको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ ।
नन्द गोविन्द राजकर्णिकारः ललितपुरका शैक्षिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्व नामक १४२ पृष्ठको सो पुस्तकमा लोकार्पण गरिएकाे हाे ।
ललितपुर जिल्लामा नारी शिक्षा प्रवर्द्धन गर्ने कार्यमा आजीवन समर्पित रहेका राजकर्णिकारको योगदान तथा उनका जीवनका विविध पक्षहरूबारे प्रकाश पार्ने करिब ४० वटा लेख, रचनाहरू सङ्कलित छन् ।

पत्रकार शिरीष वल्लभ प्रधानद्वारा सम्पादित सो पुस्तकका प्रकाशक कल्पना राजकर्णिकार छन् भने प्रस्तुतकर्ता किरण गोविन्द राजकर्णिकार रहेका छन् ।
सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै ललितपुरका पूर्व मेयर समेत रहेका बज्राचार्यले ललितपुर जिल्लामा नारी शिक्षा फैलाउनमा नन्द गोविन्दले गरेको योगदान अविस्मरणीय रहेको विचार व्यक्त गरे ।
आदर्श कन्या निकेतनको शिक्षक तथा प्रधानाध्यापकको रूपमा सो विद्यालयको सेवामा आफ्नो जीवनको करिब चार दशक समय बिताएका नन्द गोविन्द एक शिक्षा सेवी, समाजसेवीका साथै प्रख्यात फिलाटेली पनि रहेको बताए ।
प्रतिक्रिया