काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ ।
बुढानीलकण्ठस्थित लामिछानेको निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयसँगै सरकारका कामकारबाहीबारे विस्तृत छलफल भएको छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणका विषयमा लामिछानेलाई जानकारी गराएका थिए । साथै, संसद् बैठक आह्वान, सरकारले अघि बढाउनुपर्ने विधेयक तथा अध्यादेशका विषयमा पनि दुवैबीच कुराकानी भएको थियो ।
सरकार सञ्चालन, विभिन्न मन्त्रालयको कामको अवस्था र मन्त्रीहरूको भूमिकाबारे समेत छलफल भएको छ ।
यसका अतिरिक्त रास्वपाले आगामी दिनमा सञ्चालन गर्न लागेको पार्टी प्रशिक्षण कार्यक्रमलगायतका आन्तरिक गतिविधिका विषयले पनि भेटमा स्थान पाएको थियो ।








तपाईंको विचार लेख्नुहोस्