मिङ्मारले दिलाए बिमस्टेकमा नेपाललाई रजत


काठमाडौं ।

नेपाली धावक मिङ्मार सिङ्गी तामाङले भारतको भुवनेश्वरमा जारी बिम्स्टेक यू–२३ एथलेटिक्स मिट २०२६ अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा रजत पदक जितेका छन् ।

नोभेम्बर २६ बिहिबार सम्पन्न फाइनल स्पर्धामा तामाङले निर्धारित दूरी १४ मिनेट ५२.८२ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरेकाे प्रशिक्षक राकेश बज्राचार्यले जानकारी गराएका हुन् । यस सफलतासँगै उनले जारी पहिलो संस्करणको च्याम्पियनसिपमा नेपाललाई पहिलो पदकसमेत दिलाएका छन् ।

उक्त स्पर्धामा भारतका गौरव भास्कर भोसलेले १४ मिनेट ४२.८४ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक हात पारेका छन् । त्यसैगरी, भारतकै अर्का धावक सत्यम १४ मिनेट ५९.२६ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदकमा सीमित रहे ।

त्यस्तै, महिला ४ सय मिटर प्रतिस्पर्धामा नेपालकी भगवती खड्काले पाचौं स्थान हासिल गरिन । पाचौं स्थान हासिल गरेर पदकबाट वञ्चित हुनुपरे पनि उनले ५७.६२ सेकेण्डमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान भने कायम गरिन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।