रामकृष्ण ढकाल भक्तपुरमा गुञ्जँदै


लोकप्रिय गायक रामकृष्ण ढकाल नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा गुञ्जने भएका छन्।

गठ्ठाघरको जर्मन होम्सले गायक ढकाललाई सांगीतिक सा“झमा प्रस्तुत गर्दै न्यु इयर इभ कार्यक्रम गर्न लागेको हो। न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल नाम दिइएको कार्यक्रममा गायक ढकालका साथमा अन्य राष्ट्रिय कलाकारले पनि सांगीतिक प्रस्तुति दिनेछन्। आगामी चैत ३१ गते साँझ हुने कार्यक्रमम राति १२ बजेसम्म चल्नेछ।

कार्यक्रम सञ्चालिका तथा नायिका रीमा विश्वकर्माले सञ्चालन गर्ने कार्यक्रममा कमेडी, साल्सा नृत्य र डीजे सेसन पनि रहने आयोजकले जानकारी गराएका छन्।

Skip This