काठमाडौं ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ लगातार दुई वटा भूकम्प गएका छन्। तीन मिनेटको अन्तरमा दुई भूकम्प गएको हो ।
पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड थियो ।











प्रतिक्रिया