दीपक बोहोराको निधनले राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन


काठमाडौं ।

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वरिष्ठ नेता दीपक बोहोराको निधनले स्तब्ध भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य बोहोराको निधनले राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति भएको पनि लिङदेनले जनाएका छन् ।

 ‘राप्रपाका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा स्तब्ध र दुःखी भएको छु,’ उनले भनेका छन, ‘उहाँको निधनबाट राप्रपा र नेपाली राष्ट्रवादी आन्दोलनलाई गम्भीर क्षति पुगेको छ।’

दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गरेका लिङदेनले भने, ‘अल बिदा दीपक दाई, हामी सदैव सम्झनेछौं ।’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।