गायक शर्मालाई राष्ट्रिय संगीत पुरस्कार


हेटौंडा ।

भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले भीम विराग राष्ट्रिय संगीत पुरस्कार २०८१ रुपन्देहीका गायक हेमन्त शर्मा र राष्ट्रिय कला पुरस्कार मकवानपुरका कलाकार भोलाराज सापकोटालाई प्रदान गरेको छ।


प्रतिष्ठानले हालै हेटौंडामा एक कार्यक्रम आयोजना गरी राष्ट्रिय साहित्य पुरस्कार काठमाडौंकी साहित्यकार माया ठकुरीसहित ११ जनालाई सम्मान तथा पुरस्कृत गरेको हो। पुरस्कारको राशि जनही २५ हजार रुपियाँ रहेको छ।


कार्यक्रममा २० हजार रुपियाँ राशिको रामकृष्ण बानियाँ स्मृति लोकसंगीत पुरस्कार पर्वतका लोकदोहोरी गायक कुलेन्द्र बिश्वकर्मालाई, १५ हजार रुपियाँ राशिको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ र शिला नारी पुरस्कार मकवानपुरकै मेनका श्रेष्ठलाई, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार मकवानपुरका बालसाहित्य अभियानकर्मी दीपक गौतमलाई, भीम–मथुरा बाल प्रतिभा पुरस्कार मकवानपुरकै रितिका छत्कुलीलाई, १० हजार रुपिया“ राशिको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार स्वास्थ्यकर्मी निर्मला ब्लोन र अजित सेन–कमलेश्वर गुप्ता भिन्न क्षमता पुरस्कार मकवानपुरका दृष्टिविहीन मेकानिक सुदर्शन ढकाललाई प्रदान गरिएको छ।