प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाडौँ।

प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी कृष्ण बहादुर जि.सी.लाई पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सोमबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रमकाबिच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। पदोन्नतिसँगै उपरथी जि.सी. श्री मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् ।

प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्द विक्रम शाहलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे।

कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो।