लिटरेचर फेस्टिवलमा भूठान बहस


‘जब म मेरो देश फर्किनेछु त्यहाँ सबै सुखी हुनेछन्, तर एकमात्र दुःखी मान्छे त्यहाँ हुनेछ र त्यो म हुनेछु’ केही अघिमात्र सार्वजनिक फिल्म भूठानको संवाद हो यो।

ख्यातिप्राप्त हास्यव्यङ्ग्य अभिनेता हरिवंश आचार्यले अस्पतालको शैय्याबाट फिल्ममा भन्छन् ‘जब म त्यहाँ पुग्छु एक मात्र दुःखी मान्छे म हुन्छु।’ पोखरामा जारी नेपाल लिटरेचर फेस्टिवलअन्र्तगत यात्रा सत्रमा हरिवंशको भूठानबारे बहस भयो। ‘भूठानको अर्थ के?’ पत्रकार स्वेच्छा राउतको प्रश्नमा फिल्मका लेखक तथा निर्देशक विनोद पौडेलले भने, ‘फिल्म हेरिसकेपछि दर्शकले टाइटललाई कसरी व्याख्या गर्छन् महत्वपूर्ण हुन्छ, त्यो आधारमा मैले टाइटल राखेको थिए। अहिले सामान्यतया भन्नुपर्दा अस्तित्व मेटिएको अथवा घर हराएको भन्ने आइरहेछ, म त्यसैलाई मानिरहेको छु।’


हास्यकलाकारको गहिरो छवि बनाएका हरिवंश चोटिलो पात्रमा पनि उत्तिकै सशक्त देखिँदै आएका छन्। पछिल्लो समय महापुरुषमा भावनात्मक रूपमा एक्लिएको पात्रमा देखिएका उनले हास्य वा गम्भीर पात्रको माध्यमबाट दिने सन्देश सधैँ गहन र चोटिलो हुने गर्छ। ‘फिल्मको स्कृप्ट पढे“, यसभित्र म अटाउन सके भने यसभित्रको चरित्र मैलै निर्वाह गर्न सके भने मैले अर्को स्थान बनाउन सक्छु भन्ने मलाई आशा लाग्यो र यसमा अभिनय गर्छु भन्ने अठोट गरे ’ हरिवंशले भने। तीन वर्षभन्दा बढी समय लगाएर तयार पािरएको भनिएको स्कृप्टमा हरिवंशको यात्रा रोचक रहेछ।

फिल्मलाई विश्वव्यापीरूपमा लिएर जाने भएपछि कलाकार पनि सोहीअनुसार लिने कुरा शुरूवात भएको निर्माता पौडेलको भनाइ थियो। ‘पात्र मात्र दिमागमा थियो। पछि फिल्म बनाउ“दा ग्लोबली जाऊँभन्ने कुरा आयो। बलिउडको कलाकार लिऔँ भन्ने भयो। शुरूवातमा मुख्य पात्रमा नसरुद्दिन शाहलाई ल्याउने कुराकानी भएको थियो तर, मिलेन। पछि, आफनै माटो बुझेको कलाकार खोजियो।

जीवनसँग पाकेको कलाकार चाहिएको थियो। त्यसका लागि हरिवंश बाहेक अरू देखिन। उहाँले खेल्दिन भन्नु भएको भए फिल्म रोकिन्थ्यो’ पौडेलले भने। टिजर आइसकेपछि निर्माताले सफलताको आश गरेका छन्। दर्शकले अपेक्षा राखेका छन्, हरिवंश पनि सन्तुष्ट देखिन्छन्। ‘विनोद पौडेलसँग काम गर्न गाहे छ। उहाँलाई प्रफेक्सन चाहिन्छ। त्यो चूनौतीपूर्ण नै थियो मेरो लागि र मैले चाहिँ आफूले लिएको जिम्मेवारी पूरा गर्ने कोसिस गरे, त्यहीअनुसार पनि त्यो चूनौतीको फल हो भन्ने लागेको छ’ हरिवंशले भने।