काठमाडौँ।
काठमाडौँको नयाँ बानेश्वरका स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति र प्रहरीबीच झडप भएको छ। झडपमा परेर प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डीएसपी पौडेलको टाउको चोट लागेको छ। पौडेलको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उनीहरूले केही समयदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको हो।











प्रतिक्रिया