केआईआईटीबाट फर्किएका विद्यार्थीलाई त्रिविले क्रेडिट ट्रान्सफर गरिदिने


काठमाडौँ।


भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)बाट अध्ययन पूरा नगरी फर्किएका नेपाली विद्यार्थीहरूलाई त्रिभुवन विश्वविद्यालयले क्रेडिट ट्रान्सफरको सुविधा दिने भएको छ ।मंगलबार त्रिविले एक विज्ञप्ति जारी गर्दै क्रेडिट ट्रान्सफर गरिदिने जनाएको हो।

‘भारतको उडिसा राज्यको भुवानेश्वस्थित केआईआईटीमा सिर्जना समस्याको कारणले भएको स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीले त्रिविमा संचालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिवि क्रेडिट ट्रान्सफरनीति अनुरुप भर्ना गर्न सकिने छ।’ विज्ञप्तिमा भनिएको छ ।

त्रिविले विद्यार्थी तथा अभिभावकलाई [email protected][email protected] मा सम्र्पक गर्न आग्रह गरेको छ । गत केही दिनअघि केआइआइटीको छात्रावासमा प्रकृति लम्सालको रहस्यम तरिकाले मृत्यु भएको थियो । त्यसपछि असुरक्षा भएपछि नेपाली विद्यार्थीबीचमा नै पढाइ छाडेर नेपाल फर्किएका छन् ।