दिलीप रायमाझीलाई पितृशोक


काठमाडौँ।

अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ। उनका ७८ वर्षीय बुबा आनन्दकुमार रायमाझीको गएराति कीर्तिपुर अस्पतालमा निधन भएको हो।

उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए।

दिलीपका बुबाको पार्थिव शरीरलाई आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ।

Skip This