काठमाडौँ।
एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। ठमेलमा प्रहरी कुटेको आरोपमा बिहीबार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ परेका जोशीविरुद्ध म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेश गरिएको थियो।
अभद्र व्यवहारको कसुरमा ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं प्रशासनले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी बताए।
जोशीको समूहले गत माघ २४ मा राति डिउटीमा रहेका दुई प्रहरीमाथि ठमेलमा कुटपिट गरेका थिए ।
यसअघि माघ २७ गते काठमाडौं महानगरपालिका-९ एयरपोर्ट क्षेत्रमा ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भई लैनचौर बस्ने दिनेश सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका-५ स्थायी घर भई लैनचौर बस्ने रमेश फुलारालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान जारीरहेको बोहराले बताए ।
पक्राउ परेकाहरू अमृत साइन्स क्याम्पसका विद्यार्थी नेता हुन् ।











प्रतिक्रिया