खानेपानीमन्त्री यादवको निर्देशनमा नयाँ खानेपानी पाइपलाइन विस्तारको काम सुरु


काठमाडौँ। 

 खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको वीरगञ्ज महानगरपालिका स्थित जनता सडक अन्तर्गतदेखि प्रसौनी विर्ता हुँदै इनर्वा मनियारी, जगरनाथपुर सडक (५ किमी) सम्मको नयाँ खानेपानी पाइपलाइन विस्तारको काम सुरु गरिएको छ ।

नेपाल खानेपानी संस्थान, वीरगञ्ज शाखाले  २ करोड  ५० लाखको लगानीमा आजबाट उक्त परियोजनाको काम सुरु गरेको खानेपानीमन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।

पर्सा जिल्लाका हरेक नागरिकको घर घरमा शुद्ध खानेपानी सहितको नलको व्यवस्था गर्ने उदेश्यका साथ उक्त परियोजना सुरु गरिएको बताइएको छ । उक्त परियोजना सम्पन्न भएपश्चात् त्यहाँका नागरिकले घरैमा शुद्ध खानेपानी प्रयोग गर्न पाउने अपेक्षा लिइएको छ ।

गत पुस १९ गते मन्त्री यादवले एक कार्यक्रमकाबीच उक्त परियोजनाको शिलान्यास गरेका थिए ।