अभिनेता सलोन बस्नेतद्वारा निर्मित फिल्म रंगीले बुधबार राजधानीमा आयोजना गरेको प्रिमियर शोमा राम्रो प्रतिक्रिया पाएको छ।
बाबुछोरीको कथामा बनेको फिल्म हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजा, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, अभिनेता, निर्माता तथा निर्देशक निर्मल शर्मा, कोरियोग्राफर गम्भीर विष्टलगायतले फिल्मको कथावस्तु मन परेको भन्दै बाबुछोरीको सम्बन्ध, कलाकारको अभिनय, प्राविधिक र निर्देशकीय पक्षको तारिफ गरे।
सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमद्वारा निर्मित फिल्म सुरेश न्यौपानेको डेब्यू निर्देशनमा बनेको हो। फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतले अभिनय गरेका छन्।
प्रतिक्रिया