सुनसरी।
नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश कार्यसमितिको दोस्रो अधिवेशनबाट अध्यक्षमा हरिप्रसाद सुवेदी सर्वसम्मत चयन भएका छन् । नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठनबाट एमाले निकट कर्मचारी संगठनमा फर्किएका सुवेदीलाई दोस्रो अधिवेशनले प्रदेश अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक जीवन काफ्लेले बताए ।

संगठनको उपाध्यक्षमा फडिन्द्र विश्वकर्मा र सरस्वती शिवाकोटी, महासचिवमा कुमारसिंह खत्री, सचिवहरूमा कृष्णप्रसाद सुवेदी, किरण कार्की र अनुजा पराजुली, कोषाध्यक्षमा जानकी अधिकारी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा सीता भण्डारी, कल्याणी राई, सजिता राई, टीकाराम सुनुवार, कृष्ण रुचाल, नैन खड्का, दिव्यराज दाहाल, भूपराज अधिकारी, दीपक न्यौपाने, यादवप्रसाद धमला, विनोद बस्नेत, कमलमणि थापा र काजीबहादुर कार्की चयन भएका छन् ।

संगठनको कोशी प्रदेश समितिको लेखा आयोग संयोजकमा ठमेन्द्र पौडेल र सदस्यहरूमा यमकुमार लुईंटेल र हेमसागर पोखरेल चयन भएको जनाइएको छ । सुनसरीको इनरुवामा सम्पन्न दोस्रो प्रदेश अधिवेशनमा संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष भवानी न्यौपाने दाहाल, कोशी प्रदेश इञ्चार्ज लक्ष्मीप्रसाद गुरागाईं लगायतले शुभकामना दिएका थिए । नव–निर्वाचित नेतृत्वले निजामती कर्मचारीहरूको हक, हित र अधिकार प्रवद्र्धन गर्दै संगठनको सशक्तिकरणमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया