राष्ट्रिय सभा बैठकमै ढले सांसद भट्ट


काठमाडौं ।

राष्ट्रिय सभा बैठक चलिरहँदा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट उक्त रक्तचापका कारण बैठकमै ढलेका छन् । संघीय संसद् सचिवालय स्रोतका अनुसार बैठकमा पुगेका भट्ट बैठकमा ढलेका हुन् ।

उनी उक्त रक्तचाप र सुगरका बिरामीसमेत रहेका छन् । उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए ।

अहिले उनको संसद् भवनभित्रै उपचार भइरहेको छ ।