काठमाडौं ।
अमेरिकाले नेपालमा हुँदै आएका फिल्म अवार्डको छनोट प्रक्रिया, विश्वसनियता र कलाकारले प्राप्त गर्ने सिफारिसपत्रको आधिकारिकतामाथि चासो व्यक्त गरेको छ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दूतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी. सिम्किसबीच बोर्डको कार्यकक्षमा भएको औपचारिक छलफलमा सिम्किसबाट उक्त चासो व्यक्त गरिएको हो।
अमेरिकी दूतावासका काउन्सिलर टोलीसमेत सहभागी बैठकमा नेपाली फिल्मको वर्तमान अवस्था, नेपाल र अमेरिकामा आयोजना हुने फिल्मका अवार्ड एवं सम्मान समारोह तथा फिल्मकर्मीको अमेरिका भिसासम्बन्धी विषयमा छलफल भएको बोर्डले जनाएको छ।
छलफलमा अध्यक्ष डीसीले नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय विस्तार तथा नेपाल अमेरिकाको सांस्कृतिक सम्बन्ध मजबुत पार्नका लागि नेपालका फिल्मकर्मीले अमेरिकामा हुने फिल्म महोत्सव, कार्यशाला तथा अन्य सांस्कृतिक कार्यक्रममा सहभागी हुन सहजता पाउनुपर्ने एवं नेपालमा पनि ठूलो स्तरमा अमेरिकी र नेपाली फिल्मको विशेष कार्यक्रम गरिनुपर्ने विषय उठाउनुभएको थियो।
भिसा प्रमुख ग्रेगोरी डी. सिम्किसले अमेरिकी दूतावास नेपाली फिल्मकर्मीहरूको भिसा प्रक्रियालाई सहजीकरण गर्न तथा सकारात्मक रहेको बताउनुभएको छ।











प्रतिक्रिया