युवराजले ल्याए शिरफूले माया


काठमाडौं ।

लोकप्रिय गायक युवराज चौलागाईंले शिरफूले माया बोलको गीत सार्वजनिक गरेका छन्। लोक आधुनिक शैलीमा तयार पारिएको गीत प्रेमकथामा छ।

राजकुमार बगरको शब्द रचना र संगीत तथा कमल सौरागको संगीत संयोजन रहेको गीतमा युवराजलाई स्वरमा गायिका अनुष्का पाठकले साथ दिएकी छन्।

सान थापाद्वारा निर्देशित गीतको भिडियोमा गायक युवराजसहित प्रभात पल ठकुरी, विजय पुन, अञ्जली अधिकारी, सुशील थापा र अनुष्काले अभिनय गरेका छन्। भिडियोमा राजीव समरको नृत्य निर्देशन, बुद्ध थापाको छायांकन र विवेक सुनुवारको सम्पादन रहेको छ।

गायक चौलागाईंकै युट्युव च्यानलबाट सार्वजनिक गीत गण्डकी प्रदेशमा प्रसिद्ध शिरफूले भाकामा बुनिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।