यूकेमा खिचिएको भिडियो सार्वजनिक


काठमाडौं ।

गायक रूपक डोटेल र अनिश पाण्डेद्वारा स्वरवद्ध गीत तिमी छौ र पो म छु सार्वजनिक गरिएको छ।
गायक पाण्डेकै शब्द र संगीत रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन्।

गीतमा एक प्रेमीले प्रेमीकाको कारण आफ्नो मनमा उठेको भावना पोखेका छन्। गीतको भिडियोमा मोडल निशु पौडेलका साथमा गायकय पाण्डेद्वय डोटेललाई प्रस्तुत गरिएको छ।

यूकेका ह्विट्बी एबे, माम टोर र डनकास्टरका आकर्षक लोकेसनमा खिचिएको भिडियोमा छायांकन र निर्देशन सुमन श्रेष्ठको तथा सम्पादन मनोज कार्कीको रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।