काठमाडौं ।
नेपाली संगीत निर्माता आषिस गिरी अर्थात् आषिस बिट्स बिलबोर्डको पहिलो नम्बरमा पर्ने संगीत निर्माता बनेका छन्।
सुसाइड ब्वाइजको न्यु वल्ड डिप्रेशन नामक एल्बम बिलबोर्डको आर एण्डी हिपहप विधामा बिलबोर्डको पहिलो नम्बरमा आएसंगै आशिषले यो उपाधि हासिल गरेका हुन्।
गत जुन १४ मा रिलिज भएको सुसाइड ब्वाइजको चौथो स्टुडियो एल्बम न्यु वर्ल्ड डिप्रेशनमा १३ गीत समावेश छन्। ५ वषदेखि संगीत निर्माण र गीत लेखन गर्दै आएका आशिषले पश्चिमी संगीतकर्मीका लागि थुप्रै संगीत निर्माण गरिसकेका छन्।
संसारभरका संगीतकर्मीका साथ काम गरिसकेका आशिष हिपहप, मेलोडीक ट्रयाप र आर एण्ड बी म्युजिकमा काम गर्छन्। उनले उत्पादन गरेका संगीत हालसम्म विश्वभर एक सय मिलियन भन्दा बढी स्ट्रिमिङ भएका छन्।











प्रतिक्रिया