पौडेलले ल्याए चिरबिर चरी मायालु परी


काठमाडौं ।

गीतकार तथा गायक निर्मलराज पौडेलद्वारा स्वरवद्ध चिरबिर चरी मायालु परी बोलको गीत सार्वजनिक गरिएको छ।
गीतमा पौडेलस“गै गायिका अस्मिता अधिकारीले स्वर दिएकी छन्।

मोहित मुनालको संगीत रहेको गीतको भिडियोमा दीपिका थापाको नृत्य रहेको छ। वेलकम एभी प्रोडक्सनले तयार पारेको म्युजिक भिडियो मनीष पौडेलले निर्देशन गरेका छन्। गीत अंग्रेजी नयाँ वर्षको स्वागतका लागि तयार पारिएको पौडेलले बताए।

‘नयाँ पुस्ताको रुचि र भावनालाई समेट्ने प्रयास गरिएको गीतको भिडियो निर्माणमा कुनै सम्झौता गरेका छैनौँ’ पौडेलको भनाइ छ।
गीतकार तथा गायक पौडेलको यसअघि छम्म नाचौँ छप्प नाचौँ, यसपालीको तीज रमाइलो र बडा दशैं बडा दशैं, हर्षको आगमन बोलका गीत सार्वजनिक गरेका थिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।