काठमाडाैं ।
फ्रेण्ड अन दी क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले ललितपुरमा आयोजना गरेको बिआरआई परियोजना सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको लागि यो परियोजना महत्वपूर्ण रहेको बताएका छन् । उनीहरुले बिआरआई परियोजनामा ऋण भन्दा अनुदानमै बढी जोड दिनुपर्ने बताए ।
कार्यक्रममा राजनीतिक विश्लेषक अरुण सुवेदीले चीन सरकारले विगतमा पनि नौ अर्ब रुपैया अनुदान दिएको उल्लेख गर्दै रोड कनेक्टिभिटीका लागि अनुदाननै दिने विश्वास व्यक्त गरेका छन् । बिआरआई परियोजनामा चीनको वित्तिय संस्थाबाट लगानी हुुने भएकोले यसमा बहस आवश्यक नरहेको सुवेदीको भनाई छ । उनले बिआरआई परियोजना अन्र्तगत आर्थिक लाभ हुने क्षेत्रमा मात्र ऋण लिनुपर्ने बताए ।
परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठले परियोजना अन्र्तगत नेपालले तिर्नसक्ने उत्पादनशील क्षेत्रमामात्र ऋण लिनुपर्ने बताए । उनले बिआरआई परियोजना कार्यान्वयन गर्दा भू– राजनीतिक प्रभावबारे समेत ध्यान पु¥याउनु पर्ने बताए । उनले विश्वकै पर्यटकीय हवको रुपमा विकास भएको तिब्बतमा आउने पर्यटकलाई नेपाल ल्याउने वातावरण निर्माण गरिनुुपर्ने बताए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले बिआरआई परियोजना अन्र्तगत ऋण वा अनुदान लिदा भू– राजनीतिक अवस्था र दूरगामी प्रभाव हेरेरमात्र अघि बढ्नुपर्ने बताए ।
फ्रेण्ड अन दी क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपाललका अध्यक्ष शोभित उप्रेतीले बिआरआई परियोजना अन्र्तगत सुरुङमार्ग, सडक तथा जलविद्युत क्षेत्रमा सम्झौता गर्दा उपयोगी हुने बताए । प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुर बेलबासेले बिआरआई कार्यान्वयनले नेपालको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा परराष्ट्र मामिलाका जानकार, पत्रकार, सामाजिक कार्यकर्ता, राजनीतिज्ञ लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया