एजेन्सी ।
बलिउड अभिनेत्री तृप्ति डिमरी सन् २०२४ मा बलिउड नगरीकै सर्वाधिक लोकप्रिय स्टार बनेकी छन्। तृप्तिलाई यो उपाधि विश्व फिल्मको चर्चित डेटाबेस वेब–पोर्टल आइएमडीबीले दिएको हो।
पोर्टलले गत साता सार्वजनिक गरेको सूची अनुसार पहिलो स्थान हांसिल गरेकी डिमरीले शाहरुख खान, दीपिका पादुकोण, आलिया भट्टजस्ता बलिउडमा रुचाइएका स्टारलाई समेत लोकप्रियताको मामलामा पछाडि पारेकी छन्। तृप्तिले आफ्नो उपलब्धिको लागि आफ्ना फ्यान तथा दर्शकलाई धन्यवाद दिएकी छन्।
‘यो सूचीमा नम्बर एक हुन पाउनु वास्तवमै मेरो लागि ठूलो सम्मान हो। यो मेरा प्mयानहरूको अविश्वसनीय समर्थन र मैले सहकार्य गर्ने अवसर पाएको सबैको कडा परिश्रमको प्रमाण हो। यो मेरो लागि स्मरणीय वर्ष सावित भएको छ’ उनले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्। रणवीर कपुर स्टारर फिल्म एनिमलबाट चर्चामा आएकी तृप्ति पछिल्लो समय दर्शकमाझ चर्चित छिन्। उनको पछिल्लो फिल्म भुलभुलैया ३ पनि सुपरहिट भएको छ।
मासिक २ सय ५० मिलियन मासिक पेज भिजिटरको आधारमा आइएमडीबीले कलाकारहरूको स्थान निर्धारण गरेको जनाएको छ। सूचीको दोस्रो स्थानमा अभिनेत्री दीपिका पादुकोण, तेस्रोमा इशान खट्टर, चौथोमा शाहरुख खान, पाँचौमा शोभित धुलिपाला, छैटौंमा सर्वरी, सातौंमा ऐश्वर्या राय, आठौंमा सामान्था, नवौंमा आलिया भट्ट र दशौंमा प्रभास रहेका छन्।
प्रतिक्रिया