प्रधान सेनापति सिग्देल भारत जाँदै


काठमाडौं ।

नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल भारत भ्रमण जाने भएका छन् ।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल भारत जान लागेका हुन् ।

सिग्देल मंसिर २६ गतेदेखि २९ गते सम्म भारत भ्रमणमा रहने नेपाली सेनाले जानकारी दिएको छ ।

भ्रमणको क्रममा उनलाई राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा प्रधान सेनापतिले भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै भारतीय सैन्य एकेडेमी मा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।