कर्णालीले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहनेछ : सभापति लामिछाने


https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Freel%2F2240619519858541%2F&show_text=false&width=267&t=0

रास्वपाका सभापति रवि लामिछानेले कर्णालीमा आफ्नो पार्टीको उपस्थिति कमजोर भएपनि विकास प्राथमिकता राख्ने बताएका छन्।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उम्मेदवारलाई जिताएर संसद् लैजाने हकमा कर्णालीमा पछाडि परेको बताए।

उनले भने, ‘हाम्रो आवाज कर्णालीको दूरदराजमा पुग्न सकेन, पुर्याउन सकेनौँ। र कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरू प्रदेशको तुलनामा कमजोर हुने भयो। तर सिङ्गो कर्णालीलाई वाचा गर्न चाहन्छु हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ।’

रास्वपा सरकारमा रहुन्जेलसम्म कर्णालीले एक भोट नदिएपनि रास्वपाको प्राथमिकतामा रहने बताए।

उनले थपे, ‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौँ। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ, हाम्रा मान्छेलाई जितायो भने पुल बन्छ, बाटो बन्छ, घरघरमा विकासको स्वाद चाख्न पाइन्छ भनेर हामी कर्णालीसँग कुनै सौदाबाजी गर्न आएका होइनौँ। हामी त चोखो मन बोकेर यहाँका मुद्दालाई केन्द्रमा लिएर जाने प्रतिबद्धताका साथ आएका छौँ।’

राजनीति चुनावका लागि गर्ने विषय नभएको बताए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।