काठमाडौं ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट १४ लाख ४५ हजार ६२० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
मंसिर ११ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको चेकजाँच तथा निगरानीका क्रममा मोटरसाइकल, लत्ताकपडा, किराना सामान, बिँडी, पेय पदार्थ, कुर्सी, मदिरा तथा हाउस वायरिङका सामग्री बरामद गरिएको हो।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गणका गणपति एसपी सुमन जंग थापाले जानकारी दिए।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा चोरी पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई निरन्तरता दिँदै आएको जनाएको छ।








तपाईंको विचार लेख्नुहोस्