दुनैमा निःशुल्क स्वास्थ्य शिविर, २ हजार नागरिकले लिए विशेषज्ञ सेवा


काठमाडौं ।

डोल्पाको दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले दुनैमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट करिब २ हजार नागरिक लाभान्वित भएका छन्।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेजको समन्वयमा सञ्चालित शिविरमा नागरिकले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा प्राप्त गरेका हुन्।

भौगोलिक विकटता र आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

जनताको सेवा भाषणमा नभई व्यवहारमा देखिनुपर्ने मान्यतासहित दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने अभियानलाई निरन्तरता दिइने आयोजकको भनाइ छ।

शिविर सफल बनाउन सहयोग गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, आयोजक, समन्वयकर्ता, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।