कुम सागरसँगै तीन ब्यान्ड नेपाल टुरमा


काठमाडौं ।

तीन सांगीतिक ब्यान्ड कुम सागर एन्ड द ख्वप, एक्सिस र झिल्के एन्ड द कम्पनीले एकसाथ नेपाल टुर गर्ने भएका छन्।
कुम सागर एन्ड द ख्वप ब्यान्ड अहिले गायक कुम सागरको फरक शैलीको गायनका कारण लोकप्रियताको शिखरमा छ।

कुम सागर नेवारी टोनमा नेपाली गीत गाएर तथा आफ्ना गीतमा नेवारी भजन मिसाएर प्रस्तुत गरी लोकप्रियता कमाइरहेका छन्।

चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपाल नाम दिइएको नेपाल टुर झापाबाट शुरू हुनेछ। झिल्के एन्ड द कम्पनी प्रमुख गायक स्टिभ देवानका अनुसार नेपाल टुर आगामी डिसेम्बर २१ बाट शुरू भई फेब्रुअरी ७ मा समापन हुनेछ।

जसअनुसार झापामा डिसेम्बर २१, रूपन्देहीमा डिसेम्बर २४, काठमाडौंमा डिसेम्बर ३१, भक्तपुरमा जनवरी २५, पोखरामा जनवरी ३१, चितवनमा फेब्रुअरी १ र सुनसरीमा ७ फेब्रुअरीमा कार्यक्रम हुनेछ।

ब्यान्डले डिसेम्बरमा पहिलो चरणमा झापा, रूपन्देही र काठमाडौं तथा दोस्रो चरणमा २०२५ मा भक्तपुर, पोखरा, चितवन र सुनसरीमा कार्यक्रम गर्नेछ। ‘हामीले कार्यक्रमको नारा लेट्स गेट लाउड नेपाल राखेका छौं। तर, झापामा कार्यक्रम गर्दा चिल म्युजिक फेस्ट–लेट्स गेट लाइड झापा हुनेछ,’ स्टिभले जानकारी गराए।

ब्यान्डले प्रत्येक जिल्लामा हुने कार्यक्रममा पा“च हजार बढी दर्शकको उपस्थिति हुने आशा राखेको छ।

Skip This