भिडियोमा प्रेमिल गीत


काठमाडौं ।

गीतकार नरेश प्रधानको शब्द रचनामा तिमीलाई पाउँदा बोलको प्रेमिल गीत म्युजिक भिडियोसहित सार्वजनिक
भएको छ।

गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतमा एलिस कार्कीले संगीत दिएका छन् भने बाबु प्रधानले संगीत संयोजन गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका छन्।

स्टुडियो साउन्डमिलको प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडियोमा कुन्साङ बम्जन र श्रद्धा क्षेत्रीको रोमाञ्चक अभिनय रहेको छ। निकेस खड्काको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन
रहेको छ।

गीत स्टुडियो साउन्डमिलको युट्युब च्यानबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।