रवि भोपारा चितवनबाट एनपीएल खेल्ने


काठमाडौँ ।

इङल्याण्डका पुर्व अलराउण्डर रवि भोपारा चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

चितवन राइनोजले ३९ बर्षिय भोपारालाई भित्र्याएको औपचारिक जानकारी दिएको छ ।

भोपराले २००७ देखि २०१५ सम्म इङल्याण्डका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले भारतको आइपिएलदेखि विश्वका कैयौं टी-२० लिग खेलेका छन् । हालै हङकङमा सम्पन्न हङकङ सिक्सेसमा नेपालले पराजित गरेको इङल्याण्ड टिमका भोपारा कप्तान थिए ।

नेपाली राष्ट्रिय टिमका कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले यसअघि दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज, इङल्याण्डका लुक बेनकेनस्टिन र अफगानिस्तानका हसन एइसाखिललाई भित्र्याएको छ । 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।