विनयले ल्याए किन छिन् छिन्


काठमाडौं ।

६० को दशकमा लोकप्रिय जब तिमी एक्लै थियौ बोलको गीतबाट गायन यात्रा शुरू गरेका गायक विनय कार्की क्षेत्रीले नयाँ गीत सार्वजनिक गरेका छन्।

कार्कीले किन छिन् छिन् बोलको गीत रिलिज गरेका हुन्। कमल खत्रीको शब्द रचना र संगीतमा तयार पारिएको गीतमा उनलाई गायनमा अञ्जना सारूले साथ दिएका छन्। गायिका सारू इमेज लोक कलाकार सिजन १ की विजेता हुन्।

गीतको भिडियो नितिन चन्दको निर्देशनमा तयार पारिएको छ। गीतको भिडियोमा श्रद्धा क्षेत्री, विक्रम पोखरेल रेसी, विनय कार्की, अन्जना सारू, आरोही कार्की क्षेत्री, मौसम खड्काले अभिनय गरेका छन्।

गीत रिलिजपछि विनयले जब तिमी एक्लै थियौ बोलको गीतको लोकप्रियताको सम्झना गर्दै त्यसपछिको समय करिब सात वर्ष संगीत संयोजनमा व्यस्त भएकाले गायनमा समय दिन नसकेको बताए। कार्कीले अब भने आफू नियमित रूपमा गायनमा सक्रिय हुने बताए।

गायनमा पुनः सक्रिय हुनका लागि उनले भ्वाइस अफ नेपाल, सिजन टूको मञ्च रोजेका थिए। ब्लाइन्ड अडिसनमा भूमो गीत गाएका विनयका लागि त्यतिबेला चारैजना जर्जले हरियो बर्जर बजाएका थिए।

उनको यो गीतको अडिसन भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। यद्यपि उनी दोस्रो चरणमै निराश हुनुप¥यो। उनले अब पुनः दर्शकको मन जित्ने प्रयासमा जुटुको जनाउ“दै त्यही सिलसिलामा किन छिन् छिन् बोलको गीत रिलिज गरेको बताए।

विनय पछिल्लो समय युट्युब तथा टेलिभिजनमा लोकप्रिय रहेका टेलिशृंखलाका पाश्र्व संगीतकारसमेत हुन्। उनले बुहारी, हल्का रमाइलो, जुठे, नारीजस्ता दर्जनभन्दा बढी टेलिशृंखलाका लागि पाश्र्व संगीत दिएका छन्।

Skip This