ग्रामी अवार्डमा वियोन्से ११ विधाको नोमिनेशनमा


काठमाडौं ।

संसारकै सबैभन्दा ठूलो म्युजिक अवार्ड ग्रामी अवार्ड २०२५ को नोमिनेशन लिस्ट सार्वजनिक गरिएको छ। ६७औँ ग्रामी अवार्डस्का लागि फेरि हलिउडका कयौं ख्यातिप्राप्त गायक गायिका र ब्यान्डका साथ भारतका एक कलाकारले पनि आफ्नो स्थान बनाएका छन्।

आगामी वर्षको ग्रामी अवार्डस्का लागि वियोन्सेका साथ बिली एलिश, सबरिना कार्पेन्टर, टेलर स्विफ्टजस्ता चिरपरिचित हस्ती नोमिनेशनमा परेका छन्। यस वर्ष वियोन्से ११ विधाको मनोनयनमा परेकी छन्।

उनलाई एल्बम अफ द इयर, सङ अफ द इयरका साथ बेस्ट कन्ट्री एल्बमलगायत विधामा मनोनयन गरिएको छ। यो अवार्ड शो आगामी २०२५ को २ फ्रेबुवरीमा लस एन्जलसस्थित क्रिप्टो डान्ट कान्म एरिनामा हुनेछ। यसपालिको ग्रामी अवार्डमा भारतीय संगीतकार रिकी केज पनि मनोनयमा परेका छन्। रिकीले तीन पटकसम्म ग्रामी अवार्ड चुमिसकेका छन्।

ग्रामीका लागि रेकर्ड अफ द इयर विधामा बिटल्सको नाउ एन्ड देन, बेयान्सेको टेक्सास होल्ड एम, बिली इलिशको बर्ड्स अफ ए फेदर, चैपल रोनको गुड लक वेब, चार्ली एक्ससीएक्सको ३६०,केन्ड्रिक लैमरको नाँट लाइक एस, सबरिना कारपेन्टरको एस्प्रेसो र टेलर स्विफ्ट फिचरिङ पोस्ट मेलोनको फोर्टनाइट मनोनयमा छन्।

त्यसैगरी एल्बम अफ द इयर विधामा आन्द्रे ३००० को न्यू ब्लू सन, बेयान्सेको काउबाँय कार्टर, बिली इलिशको हिट मी हार्ड एन्ड सफ्ट, चैपल रोनको द राइज एन्ड फाल अफ द मिडवेस्ट प्रिन्सेस, चार्ली एक्ससीएक्सको ब्रैट, जैकब कोलियरको जेसी भेल्युम, सबरिना कारपेन्टरको सर्ट एन्ड स्विट र टेलर स्विफ्टको द टर्चरड पोएट्स डिपार्टमेन्ट मनोनयमा छन्।

त्यसैगरी सङ अफ द इयर विधामा बेयान्सेको टेक्सास होल्ड एम, बिली इलिशको बर्ड्स अफ ए फेदर, चैपल रोनको गुड लक, बेब, केड्रिक लैमरका नट लाइक अस, लेडी गागा र ब्रुनो मार्सको डाई विद ए स्माइल, सबरिना कारपेन्टरको प्लिज प्लिज प्लिज,
शबुजीको ए बार सङ र टेलर स्विफ्टको फोर्टनाई मनोनयमा छन्।

Skip This