चेल्सीमाथि लिभरपुलको सहज जित


काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले चेल्सीलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा मोहमद सलाह र कार्टिस जोन्सले एक एक गोल गरेका थिए भने चेल्सीका लागि एक गोल निकोलस ज्याक्स्सनले गरेका थिए।

यो जितपछि लिभरपुलको ८ खेलमा २१ अंक भएको छ र लिगको शीर्ष स्थानमा रहेको छ। त्यसैगरी चेल्सीको भने ८ खेलमा १४ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।