नेपाल भाषाको गीत सार्वजनिक


काठमाडौं ।

नेपाल भाषाको गीत अन्ती सोमां सलिचाय हालै राजधानीमा आयोजित एक कार्यक्रमबीच भिडियोसहित सार्वजनिक गरिएको छ।
गायकगायिका किशोर शाही र दीपा मर्हजनको स्वर रहेको गीतमा शंकर खड्गीको शब्द रचना र भिडियो निर्देशन रहेको छ।

फेमली क्रुका संस्थापक जरिना शाहीको सभापतित्व तथा संगीतविज्ञ रत्न बेहोसी बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रचनाकार तथा निर्देशक खड्गीले स्वागत मन्तव्य राखेका थिए भने गीतकी निर्मात्री धनलक्ष्मी खड्गीले सबैको साथ पाएमा फेरि पनि यस्ता खालका भिडियो निर्माण गर्दै जाने बताइन्।

मनोज महर्जन, सञ्जु खड्गी, हसना महर्जन, सुजिना शाहीका साथमा सरस्वती मानन्धर, सुरेन्द्र श्रेष्ठलगायत कलाकारको अभनिय रहेको भिडियो गीतको भिडियो फेमली क्रु युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको छ। गीतको भिडियोमा बालकुमार मगरको छायांकन तथा सम्पादन रहेको छ।

Skip This