एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी


काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र भिनिसियस् जुनियरले एक एक गोल गरेका हुन् । त्यस्तै सेल्टा भिगोका लागि एक गोल विलियट स्वेडबर्गले गरेका थिए। यो जितपछि रियल म्याड्रिडको १० खेलमा २४ अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाको ९ खेलमा २४ अङ्क रहेको छ। त्यसै गरी सेल्टा भिगोको १० खेलमा १३ अङ्क रहेको छ र लिगमा दशौँ स्थानमा छ। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।