साफ महिला च्याम्पियनसिपमा आज बङ्गलादेश र पाकिस्तान खेल्दै


काठमाडौं ।

साफ महिला च्याम्पियनसिपमा आज बङ्गलादेश र पाकिस्तानबीच खेल हुँदै छ। समूह ए मा रहेका पाकिस्तान र बङ्गलादेशबीचको यो खेल दशरथ रङ्गशालामा साँझ साढे ५ बजेदेखि सुरु हुने छ।

प्रतियोगितामा पाकिस्तानले पहिलो खेलमा भारतसँग ५-२ गोल अन्तरले हार बेहोरेको छ भने डिफेन्डिङ च्याम्पियन बङ्गलादेशले आफ्नो पहिलो खेल खेल्दै छ। पाकिस्तानका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ। यस खेलमा हार बेहोरेमा सेमिफाइनलको दौडबाट बाहिरिने सम्भावना रहेको छ।

यस अघि सम्पन्न ६ साफ महिला च्याम्पियनसिपमा भारतले पाँच पटक उपाधि जितेको छ भने पछिल्लो पटक बङ्गलादेशले यो उपाधि जितेको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।