राजविराजका डा. रनजीत झाको जिरी मोह


काठमाडौं ।

राजविराज घर भई जिरीमा बसेर बिरामीको सेवा गरिरहेका डा.रनजीतकुमार झाले जिरीकै गीत ल्याएका छन्।
नेपाल सरकारका यी वरिष्ठ चिकित्सकले आफू कार्यरत शहर जिरीको प्राकृतिक सौन्दर्यलाई आफ्नो नयाँ गीतमा सविज ढंगले चित्रण गरेका छन्।

खुर्सानी पो जिरे सुन्थें देखेँ जिरी शहर
आँखा जुध्यो मन पर्‍यो, माया बस्यो सरर
कसलाई सुनाउँ के पो भनौं गइसक्यो उमेर
मन बुढो हुन्न रै‘छ माया नसक्ने रहर।
जिरीको सौन्दर्यले मोहित डा. झा गीतमा भन्छन्।

गीतमा स्वर, संगीत र शब्द रचना डा. झाकै रहेको छ भने संगीत संयोजन महाराज थापाको रहेको छ। मिक्सिङ र मास्टरिङ रमेश सेन्चुरीको छ भने गितार सञ्जीव बराइली, मादल भरत बुढामगर, सारंगी हेमन्त कान्छा र बाँसुरी रत्न विकको छ। ‘यो गीत जिरी शहरको मेरो बसाइ अनि मन र मस्तिष्कबाट सिर्जित एउटा कोसेली हो,’ उनी भन्छन्। गीत उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

गीतमाथि जिरी शहरको आकर्षक र मनोरम दृश्यमा लोभलाग्दो भिडियो पनि निर्माण गरिएको छ। भुवन केसीको छायांकन र निर्देशन रहेको भिडियोमा डा. झा स्वयं देखिएका छन् भने उनका साथमा मियुनकुमार जिरेल र रञ्जिता लिम्बूलाई फिचरिङ गरिएको छ। भिडियामेमा रामप्रसाद चौधरीको सम्पादन र कुनाल कु“वरको कलर करेक्सन रहेको छ।